Tihar Banner
Tihar Banner

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

बिहीबार, वैशाख २२, २०७९

कर्णाली, २२ वैशाख । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् । 
मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा  उहाँले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार