ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

बिहीबार, वैशाख २२, २०७९

फुङ्लिङ, २२ वैशाख । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा बुधबार राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अग्निपीडित पराले आगलागीबाट घरमा रहेका कागजात,सरसामन तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए । स्वास्थ्यचौकीका इन्चार्ज ललिता पौडेल र अहेव चित्र कला सो घरमा कोठभाडामा बसेका थिए । उनीहरूको पनि केही सरसमान निकाल्न नसकेको बताइएको छ ।–रासस 

प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार