माधव–झलनाथ समूहका सांसद बालुवाटार पुगेर फर्किए

बिहीबार, चैत ५, २०७७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहका केही सांसद एमाले संसदीय दलको बैठकका भाग लिन बालुवाटार प्रवेश गरे लगत्तै फिर्ता भएका छन् । यो समूहका सांसदद्वय कलिला खातुन र गंगा चौधरी सत्गौवा बालुवाटार पुगेर माइन्यूटमा हस्ताक्षर गरेर फर्किएको बालुवाटार स्रोले जानकारी दिएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो समूहका सांसदहरुको छुट्टै भेला गरी संसदीय दल बैठकमा जाने–नजाने विषयमा छलफल गरेको थियो ।  एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाए पछि यो समूहका सांसदहरू छलफलमा जुटेका हुन् । ओलीले बोलाएको बैठकमा नजाने बताइसकेको यो समूहका सांसदहरु आफ्नोतर्फको योजना बनाउन छलफलमा जुटेका हुन् । एमालेभित्र विवाद बढ्दै गएपछि नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला हेरिटेज गार्डेनमा हिजोबाट जारी छ । 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार