स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्ट कांग्रेसबाट निष्काशित

बुधबार, वैशाख २१, २०७९

सुर्खेत, २१ वैशाख  । स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र विष्टलाई नेपाली कांग्रेसबाट निष्काशित गरिएको छ । विष्टले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा स्वतन्त्र उपप्रमुखको उम्मेदवारी दिएका थिए । पार्टीको नीति, विधिविपरीत गतिविधि गरेको भन्दै  पार्टीका जिल्ला कार्यसमितिको निवर्तमान सदस्य विष्टलाई कारबाही गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका उपसभापति सन्तोष केसीले बताए । 

पार्टीका आधिकारी उम्मेदवारविरुद्ध विष्टले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको र उनीसँगै उनलाई समर्थन गर्ने प्रस्तावक चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई पनि पार्टीको साधारण सदस्य नरहने गरि निष्काशन गरिएको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार