ओलीले बोलाए संसदीय दलको बैठक 

बुधबार, चैत ४, २०७७

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो । संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी एमाले संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको बैठक बोलाएका हुन् ।  दलको बैठककामा समसायिक परिस्थिति, संसद्लाई कसरी प्रभावकारी बनाउने भन्ने र पार्टी समस्याहरूलाई कसरी निराकरण गर्ने भन्नेबारे छलफल हुनेछ । असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको बेलामा ओलीले संसदीय दलको बैठक बोलाइएको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार