आगामी ३ महिनाको कार्यदिशा बनाउँदै माधव–झलनाथ समूह 

बुधबार, चैत ४, २०७७

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले आगामी ३ महिनाको कार्यदिशा बनाउने भएको छ । बृहत राष्ट्रिय कार्यकर्ता भेलाले वर्तमान राजनीतिक अवस्थामा पार्टीलाई एकताबद्ध गर्दै स्वेच्छारी शक्तिको विरुद्ध लड्ने रणनीति तय गर्ने भेलाका सहभागीले बताएका छन् । भेलाको पहिलो दिन सहभागीलाई विभिन्न १० वटा समूहमा विभाजन गरेर समूहगत छलफल गराइएको छ । १० वटै समूहमा उठेका सुझावलाई एकीकृत गरी भोलिको बैठकमा प्रस्तुत गर्ने कार्यतालिका छ । बैठकले प्राप्त सुझावका आधारमा आगामी ३ महिनाका लागि कार्यदिशा बनाउने र त्यसलाई सभाले पारित गर्ने एमाले नेताहरूले बताए ।  मूलभूत रुपमा वर्तमान परिवेशमा पार्टी एकता कायम गरी नेतृत्वको स्वेच्छाचारी कदम विरुद्धका अन्तरसंघर्षहरुलाई रणनैतिक रुपमा कार्यदिशामा समावेश गरिने बताइएको छ । सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पुनः सक्रियताका साथ अगाडि बढाउने जिम्मेवारी काँधमा आएका बेला पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापहरुले पार्टी एकता भाँडिने संकेत देखिएकाले आफूहरु कार्यकर्ता भेला गरी उनीहरुको सुझावका आधारमा पार्टी एकताको पक्षमा अघि बढ्ने निष्कर्षमा पुगेको नेता गंगालाल तुलाधरले बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार