चर्चित नायक भुवन केसी र नायिका स्वेता खड्का कांग्रेसमा प्रवेश

मंगलबार, वैशाख २०, २०७९

काठमाडौँ, २० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुलाई आज पार्टी प्रवेश गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत सहभागी थिए ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार