हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

मंगलबार, वैशाख २०, २०७९

हेटौंडा, २० वैशाख  ।  पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार