सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल– झलनाथ खनाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । भेला बिहीबारसम्म चल्ले छ । भेलामा अहिले नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरिरहेका छन् । भेलामा सहभागी हुन जिल्ला जिल्लाबाट नेताहरु काठमाडौं आएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि माधव–झलनाथ समूहले भेला गरेको हो । यो समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला सुरु भएको हो । गुटगत भेलामा नजाना प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली तथा महासचिव ईश्वर पोखरेलले निर्देशन दिएपनि भेलामा उल्लेख्य मात्रामा नेता–कार्यकर्ता सहभागी भएको उक्त समूहले दाबी गरेको छ । भेलाका लागि माधव–झलनाथ समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको थियो ।