बबरमहलमा स्कुटर दुर्घटन हुँदा चालकको मृत्यु

सोमबार, वैशाख १९, २०७९

काठमाडौं, १९ वैशाख ।  बबरमहलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने अन्दाजी २६ बर्षीय केबिन श्रेष्ठ रहेका छन् । उनको उपचारको क्रममा वीर अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  बानेश्वरबाट बबरमहल आउदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कुटर गएराती पौने १२ बजे अनियन्त्रीत भई सडकको नालीमा पल्टिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार