कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

सोमबार, वैशाख १९, २०७९

कञ्चनपुर, १९ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिका–३ चोरपानीमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१० का अन्दाजी ५५ वर्षीय केशवराज अवस्थी रहेका छन् । 

बेदकोट तालबाट दैजीतर्फ जादै गरेको सुदुर पश्चिम प्रदेश ०२–००३–प ४६५३ नम्बरको मोटरसाइकल हिजो साँझ साढे ५ बजे अनियन्त्रित भइ पल्टिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार