ललितपुर महानगरमा एमालेका एक सदस्य निर्बिरोध 

शनिबार, वैशाख १७, २०७९

ललितपुर १७ बैशाख  । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध भएकी  छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध  भएकी हुन्   । 

 यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण उनी निर्बिरोध भएकी छन्  । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएनन । 
नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन्  । 

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका  छन्  । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी  खुसी व्यक्त गरेका छन् ।  

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार