सुशीलालाई आधिकारिकता, भक्तबहादुरको मनाेनयन रद्द

शनिबार, वैशाख १७, २०७९

धनगढी, १५ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी परेकोमा सुशीला शाहीले आधिकारिकता पाएकी छन् । लम्कीचुहा नगरपालिकाको मेयरमा कांग्रेसका शाही र भक्तबहादुर थापाले उम्मेदवारी दिएका थिए । दुवैले आफू आधिकारिक रहेको बताए पनि निर्वाचन अधिकृतले भने शाहीलाई आधिकारिकता दिँदै भक्तबहादुर थापाको उम्मेदवारी रद्द गरेको हो । लम्कीचुहा नगरपाकिलाका निर्वाचन अधिकृत हिरालाला चौधरीले शाहीको उम्मेदवारी आधिकारिक भएको भन्दै कांग्रेसले जनाकारी दिएपछि थापाको उम्मेदवारी रद्द गरिएको जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, वैशाख १७, २०७९  ०१:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार