गठबन्धन दलको संयुक्त चुनावी सभा आइतबारदेखि

शुक्रबार, वैशाख १६, २०७९

काठमाडौं, १६ वैशाख । पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई  गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् ।  संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । 

सोमबार (१९ वैशाखमा) लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको कास्कीमा तथा मंगलबार (२० वैशाखमा) प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा हुने भएको छ ।  बुधबार (२१ वैशाखमा) भने संघीय राजधानीसमेत रहेको बाग्मती प्रदेशको काठमाडौंमा संयुक्त चुनावी सभा हुने भएको हो ।   यही ८ वैशाखमा बसेको स्थानीय निर्वाचनका लागि गठबन्धन दलहरूको आन्तरिक तयारी तथा अनुगमन गर्ने संयुन्त्रको बैठकले संयुक्त चुनावी सभाको कार्यतालिका तय गरेको थियो ।   गठबन्धन दलहरूले अधिकांश ठाउँमा निर्वाचनमा तालमेल गरेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार