आज अपराह्न प्रमुख राजनीतिक दलसँग छलफल गर्दै राष्ट्रपति 

मंगलबार, चैत ३, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकको आयोजना गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे  छलफल गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा बोलाइएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । 
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार