बेलायती सांसदले संसद्‌भित्र अश्लील सामग्री हेरेपछि...

शुक्रबार, वैशाख १६, २०७९

लन्डन, १५ वैशाख । बेलायती संसद्का एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् ।  ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले  अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा सो घटना भए दी टाइम्सले जनाएको छ । 

ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् ।  सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  ००:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार