नेपाल रेडक्रस सोसाइटी दाङमा चोरी 

बिहीबार, वैशाख १५, २०७९

दाङ,१५ वैशाख । नेपाल रेडक्रस  सोसाइटी दाङ शाखामा चोरी भएको छ । बुधबार राति शाखा कार्यालय तुल्सीपुरमा चोरी भएको हो । चोरले कार्यालयको ढोका फोरेर शाखाका प्रशासकीय अधिकृत विश्राम अधिकारीको कार्यकक्षमा रहेको एक थान कम्प्युटर चोरेर लगेको कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए ।  कक्षामा रहेका सबै दराज र लकरहरु फोरेको चोरले अन्य कुनै पनि सामान लिएको देखिएको छैन । चोरी भएको विषयमा अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २२:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार