सुनको मूल्य ९८ हजार रुपैयाँ

बिहीबार, वैशाख १५, २०७९

काठमाडौँ, १५ वैशाख ।  सुनको भाउ बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ । बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ ताेकिएकाे छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  २१:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार