चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु 

बिहीबार, वैशाख १५, २०७९

चितवन, १४ वैशाख । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ बर्षीय लक्ष्मण राई रहेका छन् ।  बा ३ ख ६२६५ नम्बरको माइक्रो बसको ठक्करबाट राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे भएको सवारी दुर्घटनामा संलग्न माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०१:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार