सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु 

बिहीबार, वैशाख १५, २०७९

सर्लाही, १४ वैशाख । सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।  मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादव रहेकी छिन् । गम्भीर घाइते उनको उपचारको क्रममा निजगढ स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो । 

मोटरसाइकल चालक उनकै २५ वर्षीय छोरा विजय यादवको अवस्था भने सामान्य रहेको छ । दुवै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले आज बिहान पौने ११ बजे ठक्कर दिएको थियो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  ०१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार