सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १४ वैशाख । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आगामी जेठ १ गतेदेखि कार्यालय समय बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कायम हुनेछ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । मन्त्री कार्कीले यो निर्णयबारे विस्तृत रुपमा बताइसक्नुभएको छैन र यो परीक्षणको रुपमा बिदा दिने निर्णय भएको हो । पेट्रोलियम पदार्थको बढ्दो खपतलाई कम गर्ने उद्देश्यले यो निर्णय भएको हो ।