सोसल मिडिया
Contact Us
युनिकोड
तुबु्रक । लिबियाका नव नियुक्त अन्तरिम प्रधानमन्त्री अब्दुल हमिद डिबैबाहले सोमबारदेखि कार्यभार सम्हालेका छन् । आगामी डिसेम्बरमा निर्वाचन गर्ने मुल कार्यभारका साथ अन्तरिम प्रधानमन्त्री बनेका डिबैबाहले सपथ ग्रहण पनि सोमबार गरेका हुन् । उत्तर अफ्रिकी मुलुक लिबियामा तत्कालिन तानाशाही शासक मोहम्मद गद्धाफीको हत्या भएपछि शक्तिमा जाने होडले मुलुक थप संकटमा फसेको छ । मुुलुकको संकट समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल गरिरहेको छ भने सत्ता पक्ष र विद्रोही पक्षका बीचमा शान्ति सम्झौता गराउने प्रयास भइरहेको छ । त्यही प्रयासको नतिजा स्वरूप अन्तरिम सरकार गठन भएको हो । त्यसका लागि तीन सदस्यीय अध्यक्ष परिषद् समेत गठन भएको छ । सोमबार उनीहरू सवैले सपथ ग्रहण गरेका छन् । यो घटनालाई धेरैले सकारात्मक र ऐतिहासिक भनेर टिप्पणी गरेका छन् । यसले मुलुकलाई सही गन्तव्य तर्फ लैजाने अपेक्षा पनि गरिएको छ । डिबैबाहले उनको मन्त्रिपरिषद्लाई संसद्ले अघिल्लो साता अनुमोदन गरेपछि मात्रै सोमबार सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् । उनको मन्त्रिपरिषद्मा दुईजना उपप्रधानमन्त्री, २६ जना मन्त्री र छ जना राज्य मन्त्री छन् । तीमध्ये पाँच जना महिला छन् । सपथ ग्रहणपछि प्रधानमन्त्री डिबैबाहले मुलुक अव एक भएको र अव सकारात्मक नतिजा आउने विश्वास दिलाए ।–एएफपी