रुससँग लड्न युक्रेनलाई जर्मनीले दियो ५० वटा एन्टि : एयरक्राफ्ट ट्यांक

बुधबार, वैशाख १४, २०७९
Global Ime Bank

वर्लिन, १४ वैशाख : जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो । 

यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । 

यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् ।-एजेन्सी

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार