हिमाल आरोहणका लागि ८७६ जनालाई अनुमति

बुधबार, वैशाख १४, २०७९

काठमाडौँ, १३ वैशाख । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही पर्मिट लिएर गन्तव्यतिर निस्किएका हुन् । विभागको पर्वतारोहण शाखाबाट जारी भएको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा ९८८४८.८६ मि. आरोहणका लागि मात्रै ३८ आरोही समूहका ३०२ आरोहीले अनुमति लिएका छन् ।  त्यस्तै, अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन् । कञ्चनजङ्घा .८५८६ मि) आरोहणका लागि समाज सात समूहले अनुमति लिएको छ । अन्नपूर्ण ९८०९१ मि० र नुप्से आरोहणका लागि समान चार समूहले अनुमति पाएको छ । मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा एक आरोही समूहले आरोहण अनुमति लिएका छन् । त्यसैगरी नुप्से आरोहणका लागि सात, हिमलुङ्ग चुलीका लागि चार, थापा पिकका लागि चार समूहले आरोहण अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ती हिमाल तथा पिक आरोहणबाट ४४ करोड ८० लाख ९४ हजार रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार