सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा फागुन २८ गतेको बैठक वैधानिक नभएको र त्यसलाई शून्य अवस्थामा पु¥याउनु पर्ने कुरा राखेको बताएका छन् । पार्टी विवाद उत्कर्षमा पुगेपछि दोस्रो तहका नेतासहित ओली र नेपाल पार्टी कार्यालय धुम्बाराहीमा सोमबार छलफल छलफलबाट बाहिरने क्रममा नेता नेपालले पार्टीभित्र पक्ष विपक्ष भएपनि आफूहरु एउटै पार्टी भएको बताए । ‘हामी एउटै हौं’, उनले भने, ‘पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कां । २८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पु¥याइदिऔं ।’ पार्टीभित्रका विवाद आगामी दिनमा बसेर छलफल गरेर समाधान गर्ने उनले बताए ।