पार्टीले अपहेलित गर्यो : रविन्द्र घिमिरे

सोमबार, वैशाख १२, २०७९

हेटौंडा, १२ वैशाख   ।  नेपाली कांग्रेस हेटौंडाका नेता रविन्द्र घिमिरेले पार्टी नेतृत्वले आफूलाई अपहेलित गरेको आरोप लगाएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बाट उनलाई उम्मेदवार बनाउने भएको थियो ।

आइतबार बेलुका नै पार्टी सभापति बुद्ध लामाले संघीय सभापतिलाई सोधेर सचिव भीमसेन महतको हस्ताक्षरमा पार्टीका नेताहरुको रोहवरमा टिकट दिएको उनको भनाइ छ ।  'गठबन्धनका सबै पार्टीका नेतालाई मिलाएर जाउ समेत भनिएको थियो, उम्मेदवारी दर्ता गर्न जाँदा अर्कैले दर्ता गरिसकेका रहेछन् ।’  उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दैै भने । एउटै वडामा दुईजनालाई वडा अध्यक्ष पदको टिकट दिनेलाई कारबाही हुनुपर्ने उनले माग गरेका छन् ।

 उनले आफ्नो वडामा आफूसहित विष्णुगोपाल महर्जनलाई टिकट दिइएको भन्दै असन्तुष्टि जनाए । 'मलाई घरमा बोलाएर खुसुक्क टिकट दिइएको पनि होइन ।पार्टीको बागमती प्रदेशको छाप र महामन्त्री कन्चनचन्द्र वादेको हस्ताक्षर छ’, घिमिलेरे भने । उनले टिकट वितरणमा गल्ती गर्नेलाई कारबाही हुनुपर्ने माग गरेका छन् । पार्टीको आधिकारिक उम्मेदवार भन्दा आफूले एकमत भएपनि बढी ल्याएर देखाउने उनको दावी थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  २३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार