म्यान्मामा एकै दिन मारिए ३८ प्रदर्शनकारी

अहिले सम्मकै रक्तपात युक्त दिन 
सोमबार, चैत २, २०७७

नेपिदअ । गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतबार भएका प्रदर्शनमा सुरक्षा फौजले कम्तिमा ३८ जना प्रदर्शनकारीलाई मारिदिएको त्यहाँका अभियानकर्मीले हरूले बताएका छन् ।  द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ । बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन् ।  याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो ।
सैन्य कानुन लागु
त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो ।
चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन् । औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए । औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए ।
बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ । 
क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ । एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ ।
चिनियाँ दूतावासले के भन्यो ?
आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले ‘केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पु¥याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको’ जनाएको छ ।
दूतावासले म्यान्मालाई ‘हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मामा रहेका चिनियाँ नागरिक एवम सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न’ आग्रह गरेको थियो । फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मामा प्रदर्शनहरू भइरहेका छन् । नेत्री तथा नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू ची नजरबन्धमा छिन् । त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन् ।
‘क्रान्ति’
तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै ‘क्रान्ति’लाई निरन्तरता दिइने बताएका छन् । उनले भने, ‘यो देशको लागि अँध्यारो क्षण हो। विद्रोहले जित्नैपर्छ ।’ कूपछि म्यान्मारमा सेनाले एक वर्ष लामो सङ्कटकाल घोषणा गरेको छ । एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो । सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए । देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो ।
नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा त्यहाँ सैनिक कू भएको हो ।–बीबीसी
 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार