रसुवामा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता

सोमबार, वैशाख १२, २०७९

रसुवा, १२ वैशाख ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको पाँचै वटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भएको छ । जिल्लाका प्रमुख दलहरू तथा स्वतन्त्र उम्मेदवारले दोस्रो दिन उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आज जिल्लाभर नै शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको छ । मुख्य तीन दलले गठबन्धन नगरीकन मनोनयन दर्ता गराएका छन् भने साना दलले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

केहीले बागी उम्मेदवारी दिएका छन् । यो चुनावमा रसुवामा १७ दलले भाग लिँदै छन् । पाँचवटा गाउँपालिका रहेको रसुवामा २७ वटा वडा रहेका छन् भने जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेको जिल्ला निर्वाचन को कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार