सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १२ वैशाख । स्थानीय तहको निर्वाचन सन्दर्भमा सोमबार ललितपुरको गोदावरी नगरपालिकामा सत्तारुढ नेपाली काँग्रेस तथा विपक्षी नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । गोदावरी नगरपालिकामा काँग्रेसले मेयर तथा उपमेयरमा निवर्ततमान मेयर–उपमेयर (गजेन्द्र महर्जन र मुना अधिकारी)लाई दोहो¥याएको छ । काँग्रेसका तर्फबाट टिकट पाएका गजेन्द्र महर्जन तथा मुना अधिकारीसहितका वडा अध्यक्षमा टिकट पाएका उम्मेदवारहरु प्याङगाउँ चउरमा भेला भई बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयतर्फ गएका थिए । कांग्रेसका उम्मेदवारहरुले अपराह्न २ बजे उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । यसअघि एमालेका तर्फबाट मेयरका उम्मेद्वार गम्भिर राना र उपमेयरका उम्मेद्वार रमि प्रधानाङ्गले पनि बज्रबाराहीस्थित नगरपालिका भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका थिए । मेयरका उम्मेद्वार रानाले वडा नम्बर ६ स्थित टीकाभैरबस्थित घरबाट उम्मेदवारी दर्ताका लागि सूर्यलाई जल चढाएर निस्केका थिए । रानाले गोदावरी नगरको समग्र विकासका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे । उपमेयरमा उम्मेद्वारी दिएकी प्रधानाङ्ग पनि बज्रबाराही देवीको दर्शन गरी मनोनयन दर्ताका निम्ती निस्केकी थिइन् । १४ वटै वडाका उम्मेद्वार प्याङगाउँस्थित नगर कार्यालयमा भेला भएर नगर कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन् ।