विराटनगर महानगरः कांग्रेसका नागेश कोइराला र एमालेका सागर थापा उम्मेदवार

सोमबार, वैशाख १२, २०७९

काठमाडौं, १२ वैशाख । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिका प्रमुख पदको उम्मेदवारमा नेपाली कांग्रेसले नागेश कोइरालालाई छनोट गरेको छ । उनी नेता डा। शेखर कोइराला निकट हुन् । हाल पार्टीको मोरङ उपसभापतिको जिम्मेवारीमा पनि छन् ।  कोइराला परिवारबाट उनको उम्मेदवार रहने भएपछि विराटनगर महानगरको चुनावी भिडन्त रोचक हुने ठानिएको छ ।   किनभने उनीसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले आज मात्रै सागर थापालाई प्रमुख पदको उम्मेदवार बनाउने टुङ्गो गरेको छ ।  विद्यार्थी राजनीतिबाट आएका उनी पनि बलिया उम्मेदवार हुन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार