सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, १२ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले पाएको पोखरा महानगरपालिका प्रमुखमा पुरुष र हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा महिला उम्मेवार छनोट गरेको छ । पार्टी महासचिव डा। बेदुराम भुसालका अनुसार पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य र हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीना लामालाई एकीकृत समाजवादीले उम्मेदवार बनाउने भएको हो । उनीहरूले आजै मनोनयन दर्ता गर्ने भएका छन् । पाँच दलीय गठबन्धनबीच चुनावी तालमेलको क्रममा एकीकृत समाजवादीले एक महानगर र एक उपमहानगरपालिका पाएको थियो । सोहीअनुसार आज उम्मेदवार छनोट गरेको महासचिव भुसालले बताए । काठमाडौं महानगरपालिका उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरी उपमहानगरपालिका उपप्रमुखमा केशवकुमार श्रेष्ठ र बुटवल उपमहानगरपालिका उपप्रमुखमा चीनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरपालिका उपप्रमुखमा जोगबहादुर राना मगर उम्मेदवारमा छनोट भएका छन् । उनीहरूले पनि आजै मनोनयन दर्ता गर्ने भएका छन् ।