सोसल मिडिया
Contact Us
युनिकोड
बागमती, ११ वैशाख । बागमती प्रदेशसभा सदस्य केशव स्थापितले आफ्नो पदबाट राजीनामा दिएका छन् । काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । उनले आज बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष लिखित राजीनामा दिएको जानकारी दिए । यसअघि बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिनका लागि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनीहरु दुवै एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको थियो ।