एसइईमा जापानबाट १९ विद्यार्थी, नेपालमा पाँच विदेशी सहभागी

आइतबार, वैशाख ११, २०७९

काठमाडौँ, ११ वैशाख । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० ९एसइई० २०७८ मा जापानबाटसमेत १९ जना नेपाली विद्यार्थी सहभागी छन् । जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल स्कुलमा तोकिएको परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिइरहेका छन् । 
सो केन्द्रामा जापानस्थित नेपाली दूतावासबाट अनुगमन भइरहेको छ । उक्त विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम लागू गरिएकाले नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डको कार्यतालिका बमोजिम परीक्षा सञ्चालन भएको हो । 
त्यहाँका विद्यार्थीका लागि नेपालबाटै प्रश्नपत्र पठाइएको छ भने विद्यालयका प्रधानअध्यापकलाई केन्द्राध्यक्ष तोकिएको राष्ट्रिय परीक्षा बोर्डमातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का कामु परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए। यही वैशाख ९ गतेदेखि सुरु भएको यो परीक्षामा ललितपुरबाट पाँच जना विदेशी विद्यार्थीले नेपालमा रहेर परीक्षा दिइरहेका छन् ।
अघिल्ला दुई वर्षमा कोभिड—१९ का कारण आन्तरिक मूल्याङ्कनबाट परीक्षा सम्पन्न भएकामा यसवर्ष भौतिक उपस्थितिमा केन्द्रस्तरबाट परीक्षा सञ्चालन भएको हो ।
पाँच लाख १४ हजार ९७७ विद्यार्थीले आवेदन दिएको परीक्षामा कूल दुई हजार सात परीक्षा केन्द्र तोकिएका छन् । परीक्षामा दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र रहेका छन् । परीक्षामा ग्रेडवृद्धितर्फ ११ हजार ४५४ र प्राविधिक धारतर्फ १४ हजार ५६४ विद्यार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले जनाएको छ । देशभरबाट पहिलो र दोस्रो दिनको अनुपस्थित परीक्षार्थी सङ्ख्या सङ्कलन भइनसके पनि काठमाडौँमा कूल ३६ हजार परीक्षार्थीले आवेदन दिएकामाा एक हजार एक सय विद्यार्थी अनुस्थित रहेको पाइएको छ ।
परीक्षामा कूल ६१ विषयका विद्यार्थी संलग्न छन् । परीक्षाका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, परीक्षा सहायक र सुरक्षाकर्मी गरी करीब ७० हजार जनशक्ति खटिइएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, बोर्डका अध्यक्ष महाश्रम शर्मा, मन्त्रालयका सचिव यादव कोइराला, नियन्त्रक रायमााझीलगायत उच्चाधिकारीले परीक्षाबारे नियमित जानकारी लिई आवश्यक सहजीकरण र निर्देशन दिइरहेका छन् । 
यही वैशाख २० गतेसम्म सञ्चालन हुने परीक्षाको दोस्रो दिन आज परीक्षा सञ्चालन निरीक्षणका क्रममा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा भेटिएका अध्यक्ष शर्माले हालसम्मको परीक्षा शान्तिपूर्ण, व्यवस्थित र मर्यादितरुपमा भएको बताए । बोर्डले विभिन्न जिल्लामा परीक्षाको अनुगमन पनि गरिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पौडेलले सङ्घीय शिक्षा ऐन निर्माण भइनसकेकाले यस वर्षसम्म केन्द्रबाटै एसइई सञ्चालन भएको र आगामी दिनमा प्रदेशस्तरबाट सञ्चालन गराउन नीतिगत निर्णय भइसकेको बताए । आगामी दिनमा प्रदेशस्तरमा प्रश्नपत्र निर्माण, परीक्षा व्यवस्थान, सञ्चालन र उत्तरपुस्तीका समपरीक्षणलगायतका कार्य हुनेछ भने बोर्डबाट अभिलेखीकरण र परीक्षाफल प्रकाशनका कार्य हुने नियन्त्रक रायमाझीले बताए।
संविधानतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन र सञ्चालन स्थानीय तहको जिम्मेवारीमा परेकाले कक्षा १० को परीक्षा केन्द्रबाट सञ्चालन गरिरहनु उपयुक्त नहुने विज्ञहरुको भनाइ छ । सिकाइ उपलब्धिमा सुधार र शिक्षामा सुधारका लागि पाठ्यक्रम, शिक्षण पद्दति र  परीक्षा प्रणालीमा थप परिमार्जनका लागि पनि बहस चल्दै आएको छ ।

एक सय ६१ विद्यालय भवन पुनःनिर्माण

गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ १६१ विद्यालयको भवन पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १६३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा हालसम्म १६१ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ ९शिक्षा०का इञ्जिनीयर दीपकराज कँडेलले बताए । उनले भने, “अब जिल्लामा दुई विद्यालयका एक÷एक भवन निर्माण गर्न बाँकी रहेको र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।”
बेँसीशहर नगरपालिका–१० बाङ्गेको बालज्योति माध्यमिक विद्यालय र मध्य नेपाल नगरपालिकास्थित डढुवा दुच्र्छा माध्यमिक विद्यालयमा चार कोठे विद्यालय भवन निर्माण गर्न बाँकी रहेको उहाँको भनाइ छ । ति बाँकी रहेका विद्यालय भवन एक महिनाभित्रमा सम्पन्न हुने बताइएको छ । जिल्लामा उक्त विद्यालय भवनमध्ये ९१ चार कोठे, १९ तीन कोठे र दुई कोठे ५३ विद्यालय भवन पुनःनिर्माण गर्नुपर्नेमा उक्त दुई विद्यालयका चार÷चार कोठे एक÷एक विद्यालय भवन निर्माण सम्पन्न हुन बाँकी रहेको छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार