कर्णालीका दुई जिल्लामा अझै मिलेन भागबण्डा

आइतबार, वैशाख ११, २०७९

सुर्खेत, ११ वैशाख । कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठ वटा जिल्लामा भागबण्डा टुंगो लगाएको छ । अझैँ दुई जिल्लामा सहमति हुन सकेको छैन । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको हो ।  रुकुम पश्चिम र सुर्खेतको विषयमा कुरा मिलाउनका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्माबीच वार्ता भइरहेको छ ।

हालसम्म हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाको पालिकाको बाँडफाँटमा गरिएको छ । रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ ।  रुकुम पश्चिमका माओवादीले एकलौटी जितेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल अनुसार कांग्रेसले रुकुम पश्चिममा धेरै पालिका मागेको छ । माओवादीले पनि धेरै मागेको बताएको छ । रुकुम पश्चिमका कांग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन । माओवादीले कांग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि कांग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने आफूहरूको माग रहेको उनले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार