स्थानीय तहमा कांग्रेसका पाँच प्राथमिकता 

आइतबार, वैशाख ११, २०७९

काठमाडौं, ११ वैशाख  । नेपाली कांग्रेसले स्थानीय तहमा पाँच वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेको छ ।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज सार्वजनिक गरेको घोषणापत्रमा पाँच प्राथमिकताका क्षेत्र उल्लेख गरिएको छ ।  कांग्रेसले दिने पाँच प्राथमिकताका क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा प्रवाह, स्थानीय पूर्वाधार र कृषि, उद्यम र रोजगारी रहेका छन् ।  आगामी पाँच वर्षमा स्थानीय तहको विकास र समुन्नतिका लागि ती क्षेत्रलाई प्राथमिकतामा राखिएको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार