सोसल मिडिया
Contact Us
युनिकोड
डेन्भर । अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडान रद्द भएको अधिकारीले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएका हुन् । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पूर्वानुमान गरिएको जनाएको छ । हिमपातले प्राकृतिक प्रकोप तथा दुर्घटना गराउन सक्ने भएकाले अत्यावश्यक बाहेकको यात्रा नगर्न सरकारी निकायले सबैलाई आह्वान गरेका छन् । उनीहरुले चिसो तथा हिउँबाट बच्न उच्च सतर्कता अपनाउन र दैनिक गतिविधि गर्दा पनि सुरक्षाका उपाय अपनाएर मात्रै गर्न आग्रह गरेका छन् ।–एपी