मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु

बुधबार, वैशाख ७, २०७९

मोरङ, ७ वैशाख । मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी  मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा लडेर एक युवतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् ।  गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  हिजो बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट लडेकी थिइन् ।  मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार