बारामा टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु 

बुधबार, वैशाख ७, २०७९

बारा, ७ वैशाख । बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् ।  टेम्पोको ठक्करबाट गम्भीर भाइते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठक्कर दिएको थियो । . टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार