सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामवहादुर थापा वादल, लेखराज भट, प्रमु शाहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ । थापालाई वागमती प्रदेशको इन्चार्ज, साहलाई प्रदेश–२ को अध्यक्ष र लेखराज भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वागमति प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । नका अनुसार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रदेश–१ को इन्चार्ज सुवासचन्द्र नेम्वाङ, अध्यक्ष देवराज घिमिरे र सचिव विनोद ढकाल, प्रदेश–२ का इन्चार्ज सत्यनारायण मण्डल, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेल, बाग्मती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल, अध्यक्ष आनन्द पोखरेल र सचिव खेम लोहनी, गण्डकी प्रदेशको इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष जगत विश्वकर्मा र सचिव गोविन्द नेपालीलाई चयन गरिएको छ । यस्तै लुम्बिनीको इन्चार्जमा शंकर पोखरेल, अध्यक्ष लीला गिरी, सचिव खेममान खड्का, कर्णाली प्रदेशको इन्चार्ज यमलाल कँडेल, अध्यक्ष गुलाबजंग शाह र सचिव धर्मराज रेग्मी, सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट, अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र सिंह रावल रहेका छन् । यस्तै वागमती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागि भएका थिएनन् । यसअघि एमालेको नवौ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । तर यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिलि बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र व्यूँतिएको थियो ।
‘अध्यक्षले विधान मिच्नुभयो’ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधानविपरित पार्टीको महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिए । उनले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । सो समूहको बैठकपछि नेता रावलले भने, ‘एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौं ।’ प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।