सत्ता गठबन्धनको निर्णय अस्वीकार गरे कांग्रेस अछामका तीन पालिकाले

आइतबार, वैशाख ४, २०७९

अछाम, ४ वैशाख : सत्ता गठबन्धनले स्थानीय तहकाे निर्वाचनमा तालमेलकाे सहमति गरेपनि नेपाली कांग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।

साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निर्णय गरेका छन् । नगर तथा गाउँकार्य समितिकाे बैठकले तालमेल नगर्ने निर्णय गरेका हुन् ।

कांग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले कांग्रेस बलियाे रहेकाे क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले कांग्रेसकाे जनाधारकाे कदर हुनेगरी निर्णय लिइएकेा बताए ।

तीन पालिकामा कांग्रेस, माओवादी केन्द्र र  एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेकाे थिएन  ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार