देशभर १४ संक्रमित थपिए, ५५ जनाले कोरोना जिते

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं, २ वैशाख :नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   कूल ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् । हाल  नेपालमा कोरोना सक्रिय संक्रमितको संख्या ४ सय ३८ जना रहेको छ । पछिल्लो २४ घन्टामा थप ७८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार