एमाले अध्यक्ष ओली सर्लाही आउँदै

शुक्रबार, वैशाख २, २०७९

सर्लाही, २ वैशाख । नेकपा एमालेका केपी शर्मा ओली सर्लाही आउने भएका छन् । शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही आउन लागेका हुन् । आशन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका-२, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो । सोही कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार