यमनमा भएकाे शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत

बिहीबार, वैशाख १, २०७९
Global Ime Bank

संयुक्त राष्ट्रसंघ, १ वैशाख । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले यमनमा भएको शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत गरेको छ ।
सो परिषद्ले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ । यहाँका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी)लाई आफ्नो शक्ति हस्तान्तरण गरेकामा उक्त परिषद्ले स्वागत गरेको बताइएको छ ।
यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ ।
सो पिएलसीले यहाँका राजनीतिक दलको सहभागिता र समन्वयमा राजनीतिक सङ्कट समाधानका लागि काम गर्नेछ । यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ ।
संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ । यहाँ केही वर्ष यतादेखि राजनीतिक सङ्कट बढ्दै गएको छ । जसका कारण यहाँ हिंसासमेत जारी रहेको बताइएको छ । यस पिएलसीले यहाँको द्वन्द्वको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीसँग वार्ता अघि बढाउने बताइएको छ ।
शान्तिपूर्णरुपमा यहाँका समस्याको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ ।–रासस/सिन्हवा
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार