फिलिपिन्समा बाढी र पहिरोबाट ११५ जनाको मृत्यु 

बिहीबार, वैशाख १, २०७९
Global Ime Bank

फिलिपिन्स (मनिला), १ वैशाख । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ११५ पुगेको सरकारी अधिकारीले बिहीबार जनाएका छन् ।  उद्धारकर्ताले पहिरोको कारण माटोमा पुरिएका थप शव निकालेका पनि ती अधिकारीले थप जानकारी दिएका छन् । याे शक्तिशाली आँधीका कारण लेयटको मध्यप्रान्तको बेबे सहर वरपरका गाउँमा धेरै व्यक्तिको मृत्यु भएको छ । 
यस वर्ष आएको सबैभन्दा शक्तिशाली आँधी र धेरै दिनदेखि जारी रहेको भारी वर्षाका कारण दशौँ हजारलाई विस्थापित भएका छन् ।
कैयाैँ मानिस अझै हराइरहेका छन् । हराइरहेका ती मानिस मारिएका हुन सक्नेसमेत त्रास बढेको पनि अधिकारीले जानकारी दिएका छन् । 
फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी)ले जनाएको छ । 
प्रकोपको नकारात्मक नतिजाको सामना गर्ने मानिसको संख्या भने  ९२०,००० भन्दाबढी रहेको जनाइएको छ । एनडीआरआरएमसीका अनुसार विपद्का कारण १६२,००० भन्दा बढीले आफ्नो घर छोडेका छन् । आँधी अगाटोनका कारण आइतबार देशको पूर्वीतटमा ६० किलोमिटर (३७ माइल) प्रति घण्टाको गतिमा हावा चलेको थियो । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएको छ ।– एएनआई/स्पुतनिक

 
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार