रुस-युक्रेन युद्धको असर कम गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

बिहीबार, वैशाख १, २०७९
Global Ime Bank

संयुक्त राष्ट्रसंघ, १ वैशाख ।संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असर घटाउने काममा लाग्न आग्रह गरेका छन् ।  हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको उनले बताए ।  उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताए । 
यी दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशमा यस्तो असर परिरहेको छ । कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा यस युद्धको असर भनेर सिर्जना गरिएको पनि उनले बताए । 
महासचिव गुटर्रेसले संसारका कतिपय देशमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापीरुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन् ।

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई यात्रा प्रतिबन्धको सूचीमा राख्यो

रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ । 
अमेरिकी राष्ट्रपतिे जो बाइडेनको प्रशासनले यस वर्षको मार्च २४ मा राज्य डुमाका ३२८ सांसद विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को ’लहर’को प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।  
रुस युक्रेन युद्धबीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो ।
यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ ।
गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रले युक्रेनी सेना विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो ।
 
अष्ट्रेलियालद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध 

अष्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य–स्वामित्व भएका उद्यम विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ ।
एक आधिकारिक विज्ञप्तिअनुसार सूचीमा यातायात कम्पनी कामज र शिपिंग कम्पनी सेभमाश र युनाइटेड शिपबिल्डिङ कर्पोरेशन जस्ता रक्षा सम्बन्धित कम्पनी समावेश छन् ।
प्रतिबन्ध इलेक्ट्रोनिक कम्पोनेन्ट कम्पनी रुजेलोक्ट्रोनिक्ससँग सम्बन्धित छ जसले रूसी इलेक्ट्रोनिक्स कम्पोनेन्टको लगभग ८० प्रतिशत उत्पादन ओगट्दछ । तिनीहरू रूसी रेलवेसँग पनि सम्बन्धित छन् । जुन विश्वको सबैभन्दा ठूलो यातायात कम्पनीमध्ये एक हो ।
अष्ट्रेलियाली सरकारले रुसका सरकारी स्वामित्वका उद्यमलाई लक्षित गरी जारी प्रतिबन्धात्मक कदमले रुसी अर्थतन्त्रलाई बढावा दिने उनीहरूको क्षमतालाई कमजोर पार्ने उद्देश्य रहेको बताएको छ ।
युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि आफ्नो समर्थन दोहो¥याउँदै, अष्ट्रेलिया सरकारले रुस सरकारका लागि राजस्वका यी महत्त्वपूर्ण स्रोतसँगको कारोबार रोक्न र उनीहरूले रुसमाथि दबाब बढाउँदै गएका छन् । 
गत फेब्रुअरी २४ मा रूसले युक्रेनमा “विशेष सैन्य अपरेशन” शुरु गर्यो जसलाई पश्चिमा देशले अप्रत्याशित युद्धको संज्ञा दिएका छन् ।

पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ । बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् ।
युक्रेनमा रुसको विशेष सैन्य कारबाहीको प्रतिक्रियास्वरूप पश्चिमी देशले रुसविरुद्ध धेरै प्रतिबन्ध लगाएका छन् । तिनीहरूमध्ये केहीले प्रत्यक्ष वा परोक्षरूपमा रूसी तेल र ग्यास क्षेत्रलाई असर गरेको छ । बेलायतले रूसी ऊर्जा स्रोतको आयातमा प्रतिबन्धको घोषणा गरेको छ । 
त्यसपछि, बेलायतले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट तेल र तेल उत्पादन आयात गर्न बन्द गर्ने घोषणा गरेको थियो । पोल्याण्डले पनि यस वर्षको अन्त्यसम्ममा रुसबाट तेल किन्न बन्द गर्न चाहन्छ । 
यद्यपि, रूसी तेल र ग्यास प्रयोग गर्न युरोपेली संघद्वारा सम्भावित अस्वीकारको बारेमा आवधिक कथनले उनीहरूको निर्यातको लागि सामान्य नकारात्मक पृष्ठभूमि सिर्जना गर्दछ । अमेरिकाको नाकाबन्दीले उस्तै प्रभाव पारेको थियो, जुन रूसी संघको लागि पनि महत्वपूर्ण बजार होइन । नतिजाको रूपमा, धेरै खरीददार, सम्भावित प्रतिबन्ध र प्रतिष्ठा जोखिम डराएर, स्वतन्त्ररूपमा रूसी ऊर्जाका स्रोत खरीद गर्नबाट टाढा रहने निर्णय गर्छन् ।–रासस/एएनआई

 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार