७० लाखभन्दा बढी मतपत्र छापिए 

बिहीबार, वैशाख १, २०७९

काठमाडौं, १ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’ आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६।२५ छपाई सम्पन्न भएको आयोगले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार