सत्ता साझेदारीका लागि जसपाको दौडधुप

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक 
शुक्रबार, फागुन २८, २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार गरेको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले छलफल सकारात्मक दिशामा केन्द्रित रहेको र आइतबार कार्यदल तहमा थप विचार विमर्श हुने जानकारी दिए ।  जसपाले कैदीबन्दीको रिहाइ, मुद्दा फिर्ता एवं संविधान संशोधनको माग राख्दै आएको छ । आजको छलफलमा प्रधानमन्त्रीले ती मागका विषयमा आफू सकारात्मक रहेको बताउनुभएको नेता कर्णको भनाइ छ । कार्यदलस्तरमा थप छलफल गर्ने गरी बैठक सकिएको हो ।  जसपासँग छलफलका लागि नेकपा (एमाले)का तर्फबाट नेताहरु सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल र राजन भट्टराई सम्मिलित कार्यदल गठन गरिएको छ । यस्तै जसपाका तर्फबाट नेताहरु सर्वेन्द्रनाथ शुक्ल र कर्ण सम्मिलित कार्यदल गठन भएको छ ।  सो कार्यदलमा केही नेताहरु थप गर्ने तयारी छ । प्रधानमन्त्रीसँगको छलफलका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेताहरु राजेन्द्र महतो र अशोक राई प्रधानमन्त्री निवास बालुवाटार गएका थिए । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन २८, २०७७  ०४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार