गृहमन्त्री खाँण र महासचिव सिंहबीच भेटवार्ता

बुधबार, चैत ३०, २०७८

काठमाडौँ, ३० चैत  । गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीका महासचिव चन्दन सिंहबीच भेटवार्ता भएको छ ।गृह मन्त्रालयमा आज भएको भेटमा विसं २०७५ फागुनमा सरकार र तत्कालीन सिके राउत समूहबीच भएको ११ बुँदे सहमति कार्यान्वयनका विषयमा भेटवार्ता भएको गृहमन्त्री खाँणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए  ।

भेटमा गृहमन्त्री खाँणले जनमत पार्टी शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि अगाडि बढाउँदै आएकामा खुसी व्यक्त गरे । साथै उनले स्थानीय तह निर्वाचनमा सहभागी हुने जनमत पार्टीको निर्णय स्वागतयोग्य रहेको बताए  ।सहमति कार्यान्वयनका लागि चाँडै अर्को बैठक बसेर निष्कर्षमा पुग्ने सहमति बनेको छ । गृहमन्त्री खाँणले सहमति कार्यान्वयनका लागि सरकार सकारात्मक रहेको बताए  ।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १७:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार