मारिओपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरे

बुधबार, चैत ३०, २०७८
Global Ime Bank

मस्को, ३१ चैत । रुसले रणनीतिक बन्दरगाह सहर मारिओपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दाबी गरेको छ । रुसी  रक्षा मन्त्रालयले बुधबार पूर्वीयुक्रेनको रणनीतिक बन्दरगाह सहर मारिओपोलमा  एक हजारभन्दा बढी युक्रेनी सैनिकले आत्मसमर्पण गरेको जनाएको हो । 

सो सहरलाई मस्कोले एक महिनाभन्दा बढी समयदेखि घेरा हालेको छ  । ‘मारिओपल सहरमा ३६ औँ  मरिन ब्रिगेडका १ हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले आफ्नो हतियार त्यागे र आत्मसमर्पण गरे’, मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । 
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार