सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सत्ता समीकरणबारे छलफल गर्नका लागि जनता समाजवादीका शीर्ष पाँच नेता प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । जसपाको शीर्ष नेताहरूको बिहीबारको बैठकले पाँच शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक परिस्थिति र दलले विगतदेखि उठाउँदै आएका मागबारे छलफल गर्ने जिम्मेवारी दिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई गएका छन् । ‘हाम्रा माग र मुद्दाबारेमा छलफल गर्न शीर्ष पाँच नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जानु भएको छ । वर्तमान परिस्थितिको बारेमा पनि छलफल हुन्छ’ जसपा नेताले भने । प्रधानमन्त्रीसँग छलफल गरेपछि जसपा नेताहरुले शेरबहादुर देउवा र प्रचण्डसँग पनि वार्ता गर्ने बताइएको छ । जसपाले संसदीय दलको बैठक शुक्रबारका लागि बोलाएको छ । जसपा संसदीय दलको विधान पारित गर्दै दलको नेता चयन गर्नका लागि बैठक बोलाइएको हो ।